दफा २३८
चलन चलाउने कार्यविधि
(१) फैसला बमोजिम अदालतले चलन चलाई दिए बापत चलन चलाउने सम्पत्तिको बिगो खुलेको भए बिगोको तीन प्रतिशत र बिगोनखुलेको भए एक हजार रुपैयाँ चलन पाउनेले डोर खटाउनुअघि अदालतमा दाखिला गर्नु पर्नेछ ।
(२) उपदफा (१) बमोजिम चलन चलाई पाउने व्यक्तिले रकम बुझाएमा अदालतले रकम बुझाएकै दिन चलन चलाउने डोर खटिने दिनतोकीत्यसको सूचना सहित पक्षहरूलाई चलन चलाउने ठाउँमा हाजिर हुने गरी तारिख तोक्नु पर्नेछ र चलन चलाई दिनु पर्नेपक्षतारिखमा नरहेको भएमा अदालतले त्यस कुराको सूचना सात दिनभित्र त्यस्तो पक्षलाई समेत दिनु पर्नेछ ।
(३) उपदफा (२) बमोजिम तारिख तोक्दा वा सूचना दिँदा चलन चलाई दिनु पर्ने सम्पत्ति घर वा जग्गा भएमा त्यस्तो घर वाजग्गा सात दिनभित्र खाली गर्न सूचना समेत दिनु पर्नेछ ।
(४) चलन चलाई दिनु पर्ने सम्पत्ति मुद्दाका पक्ष बाहेक अन्य व्यक्तिको भोग वा कब्जामा भए अदालतले त्यस्तोव्यक्तिलाईसमेत डोर खटी जाने ठाउँमा उपस्थित हुन सूचना गर्नु पर्नेछ ।
(५) उपदफा (२) बमोजिम तोकिएको दिनमा अदालतले डोर खटाई त्यस्तो सम्पत्ति फैसला बमोजिम चलन चलाई दिनु पर्नेछ ।
(६) फैसला बमोजिम चलन चलाई दिनु पर्ने कुनै घर वा जग्गाको दिशा वा तर्फ नखुलेको भए अदालतले पक्षहरूलाई रोहबरमाराखीनरम गरम मिलाई छुट्याई गोला हाली त्यस्तो घर वा जग्गा चलन चलाई दिनु पर्नेछ ।
(७) अदालतले यस दफा बमोजिम चलन चलाउँदा हाजिर भएसम्मका चलन चलाई दिने र पाउने पक्ष वा निजका प्रतिनिधिको रोहबरमास्थानीय तहका प्रतिनिधि र कम्तीमा दुई जना साक्षी राख्नु पर्नेछ ।
(८) चलन चलाई दिनु पर्ने व्यक्ति वा अरु कसैले चलन चलाउन बाधा विरोध गरेमा अदालतले आवश्यकता अनुसार बल प्रयोगगरीचलन चलाई दिनु पर्नेछ ।
(९) यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि कसैले चलन चलाई दिनु पर्ने घर वा पसलभित्र कुनै सम्पत्तिराखीताल्चा मारी राखेकोमा चलन चलाई दिनु पर्ने घर वा पसल भोग वा कब्जा गर्ने व्यक्ति हाजिर भए खोल्न लगाई चलनचलाईदिनु पर्नेछ र त्यस्तो व्यक्ति हाजिर नभएमा सात दिनभित्र त्यस्तो घर वा पसलमा लागेको ताल्चा खोली दिनको लागित्यस्तो चलन चलाउनु पर्ने घर वा पसलको ढोकामा अनुसूची–२५ बमोजिमको ढाँचामा सूचना टाँस गर्नु पर्नेछ ।
(१o) उपदफा (९) बमोजिमको म्यादभित्र सम्बन्धित व्यक्तिले घर वा पसलको ताल्चा नखोलेमा त्यस्तो म्याद नाघेपछिअदालतलेयथाशीघ्र त्यस्तो ताल्चा खोली सो घर वा पसल चलन चलाई दिनु पर्नेछ ।
(११) यस दफा बमोजिम चलन चलाउने सिलसिलामा घर वा पसलभित्र कुनै सम्पत्ति फेला पारेमा उसै बखत अदालतले त्यस्तोसम्पत्तिको विवरण तयार गरी त्यस्तो सम्पत्ति आफ्नो नियन्त्रणमा लिन सक्नेछ ।
(१२) उपदफा (११) बमोजिम नियन्त्रणमा लिएको सम्पत्ति सम्बन्धित व्यक्तिलाई पैँतीस दिनभित्र फिर्ता लिन आउने बारेकोसातदिने सूचना त्यस्तो घर वा पसल रहेको ठाँउमा टाँस गर्नु पर्नेछ र त्यसरी दिएको म्यादभित्र पनि त्यस्तोसम्पत्तिलिन नआएमा अदालतले त्यस्तो सम्पत्ति लिलाम बिक्री गरी प्राप्त रकम सम्बन्धित व्यक्तिलाई तत्काल बुझाई दिनुपर्नेछ ।
(१३) उपदफा (१२) बमोजिम सम्पत्ति लिलाम बिक्री भई प्राप्त भएको रकम सम्बन्धित व्यक्तिले तत्काल नबुझेमा अदालतलेत्यस्तो रकम धरौटी खातामा जम्मा गर्नु पर्नेछ ।
(१४) उपदफा (१३) बमोजिम धरौटी खातामा रकम जम्मा भएको एक वर्षभित्र सम्बन्धित व्यक्तिले रकम बुझ्न आएमा अदालतले दशप्रतिशत रकम कटाई बाँकी रकम त्यस्तो व्यक्तिलाई फिर्ता गर्नु पर्नेछ ।
(१५) उपदफा (१४) बमोजिमको अवधिभित्र सम्बन्धित व्यक्तिले त्यस्तो रकम फिर्ता लिन नआएमा अदालतले त्यस्तो रकमसरकारीकोषमा जम्मा गर्नु पर्नेछ ।
(१६) अदालतबाट एकपटक चलन चलाई दिएको सम्पत्ति चलन नछाडी कसैले खिचोला गरेमा अदालतले खिचोला गरेको पटकै पिच्छेपच्चीसहजार रुपैयाँसम्म जरिबाना वा तीन महिनासम्म कैद गरी पहिले चलन चलाई दिएको सम्पत्ति फैसला बमोजिम पुनः चलनचलाईदिनु पर्नेछ र त्यस प्रयोजनको लागि छुट्टै फिराद दिनु पर्ने छैन । त्यसरी चलन चलाई दिए बापत थप दस्तुरलाग्नेछैन ।
(१७) चलन चलाउने सम्पत्ति अन्य इलाकाको भए अदालतले चलन चलाउन सम्बन्धित पक्षलाई तारिख तोकी मिसिल सहित त्यस्तोइलाकाको जिल्ला अदालतमा पठाउनु पर्नेछ ।
(१८) उपदफा (१७) बमोजिम चलन चलाउन लेखी आएमा सम्बन्धित अदालतले कानून बमोजिम चलन चलाई त्यसको जानकारी त्यस्तोअदालतलाई दिनु पर्नेछ ।
(१९) यस दफा बमोजिम अदालतबाट चलन चलाई दिई सकेपछि अदालतले सोको निस्सा चलन पाउने पक्षलाई दिनु पर्नेछ ।
(२०) अदालतले पक्षहरू अदालतमा हाजिर भएको छ महिनाभित्र चलन चलाई दिई सक्नु पर्नेछ ।
(२१) चलन चलाउँदा लागेको वास्तविक खर्च सम्बन्धित पक्षले व्यहोर्नु पर्नेछ ।
(२२) चलन चलाई पाउने पक्षले फैसला बमोजिम चलन चलाई पाउन माग गरे सोही बमोजिम चलन चलाई दिनु पर्नेछ।तर कानून बमोजिम कित्ताकाट हुन नसकी बण्डा वा चलन चलाउन नसकिने क्षेत्रफलको जग्गा वा भौतिक संरचना भएमाअदालतले दुवै पक्षको सहमतिमा मूल्य कायम भएमा सहमति भए सोही बमोजिमको मूल्य र त्यसरी सहमति नभएमा पञ्चकिर्तीमूूल्य कायम गरी वा लिलाम बिक्री गरी चलन पाउने पक्षलाई त्यस आधारमा चलन चलाई दिनु पर्नेछ । त्यसरी चलनचलाउँदाकुनै पक्षले नगदै बुझाउन चाहेमा नगदै बुझाई दिनु पर्नेछ ।
(२३) कसैले अन्य व्यक्तिको जग्गा मिची भौतिक संरचना निर्माण गरेको वा बनाएको ठहर भई चलन चलाउनु पर्दा त्यस्तोसंरचनाभत्काउनु पर्नेछ र त्यस बापतको खर्च त्यसरी मिची भौतिक संरचना निर्माण गर्ने वा बनाउने ब्यक्तिले ब्यहोर्नुपर्नेछ ।
(२४) उपदफा (२३) बमोजिमको संरचना नभत्काई क्षतिपूर्ति लेनदेन गर्न पक्षहरू सहमत भए सोही बमोजिम र संरचनानभत्काउनेकुरामा सहमत भएपनि क्षतिपूर्ति रकममा सहमति हुन नसकेमा पञ्चकिर्ती मूल्य कायम गरी त्यस्तो मूल्यमा पच्चीसप्रतिशत थप रकम चलन चलाई पाउने पक्षलाई भराई दिनु पर्नेछ ।